सुन प्रतितोला रुपियाँ ९२ हजार

gold

काठमाडौँ, मङ्सिर १३ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रुपियाँ ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रुपियाँ ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रुपियाँ १०० ले घटेको छ ।



jibss

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रुपियाँ ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रुपियाँ ९१ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रुपियाँ १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।