सुनको भाउ १४ सयले बढ्यो

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ४०० रुपैयाँले र चाँदी ३० रुपैयाँले बढेको हो ।

हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १४ सयले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी हिजो र अस्ती तोलामा एक हजार दुई सय ६५ रुपैयाँमा किनबेच भएको थियो । आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।