सुनको मूल्य बढ्यो

gold

काठमाडौँ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मङ्गलवार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।