
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रूपैयाँले बढेर एक लाख ४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।