सुनको मूल्यमा नयाँ कीर्तिमान, आज एकै दिन बढ्यो तोलामा २ हजार

काठमाडौं, चैत २२ गते । बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपियाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेको जनाएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा दुई हजार रुपियाँले बढेर एक लाख १० हजार पाँच सय रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला एक हजार चार सय रुपियाँमा किनबेच भइरहेको छ ।