सुनको भाउमा गिरावट, एकैदिन ३५ सयले सस्तियो

२६ फागुन ०७८, काठमाडौं ।  बिहीबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन ३ हजार ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ।

बुधबार सुनको भाउ तोलामा एकैदिन २ हजार ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छ। सुनको यो भाउ हालसम्मकै उच्च पनि हो।

आज चाँदीको भाउ पनि तोलामा एकैदिन ४५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँ बढेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।