सनसाइन स्कुलमा ग्रासरुट फुटबल ट्रेनिङ सुरु

193

चन्द्रागिरि वडा नं ५, किसिपिडीमा अवस्थित सनसाइन स्कुल प्राङ्गणमा वीजडम एकेडेमी र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा ७ दिने ग्रासरुट फुटबल ट्रेनिङ (Grass root Football Training) उद्‌घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय रमा आले मगरको प्रमुख आतिथ्यमा उद्‌घाटन समारोह सनसाइन स्कुल भएको हो।

उक्त उद्‌घाटन समारोहमा एन्फा (ANFA) को Grassroot Level Football विभागका प्रमुख पंकज शाही अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

उद्‌घाटन समारोहमा स्कुलका प्रधानाध्यापक मणिक महर्जनबाट उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि माननीय रमा आले मगरले फुटबल प्रशिक्षणका प्रशिक्षक विशाल शाहीलाई बल हस्तान्तरण गरी कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

विद्यालयको करिब १५० छात्र छात्राको उपस्थिति हुने उक्त प्रशिक्षण कार्यक्रम असार २९ देखि  श्रावण ५ गते सम्म हुने  आयोजकका बिकास महर्जनले जानकारी गर्नुभयो ।