‘जस्ले फोहोर गर्छ उसैले सफा गर्ने र गराउनु पर्छ’

काठमाडौँ । काठमाडौंको फोहाेर व्यबस्थापन गर्दै आएको डम्पिङ साइटसम्मको बाटो अवारोध हुँदा राजधानीमा फोहरको आतङ्क नै भयो राजधानीमार तीन मुख्य शहर मध्ये भक्तपुरमा भने यसले कुनै फरक परेन ।

फोहाेरको सही सदुपयोग र व्यबस्था पन गर्न सके यो समस्या होइन मोहोर हो भन्ने कुराको उदाहरण बनेको छ भक्तपुर । भक्तपुर शहर कसरी फोहाेर व्यबस्थापनमा सफल भयो त ? यसको जवाफमा भक्तपुर नगरपालिकाका अधिकारीहरु सबै मानिस सचेत हुन जरुरी रहेको जावाफ दिन्छन् ।

भक्तपुर नगरपालिकाका अधिकृत दिलिप सुवालकाअनुसार फोहोर मैला जति सक्यो त्यत्ति नै कम गर्नु बुद्धिमानी हो । उहाँले भन्नुभयो, “फोहोर मैला व्यवस्थापनको काम नियमित छ, फोहोरले हुने समस्यालाई समाधान गर्न सबै मानिसहरु चनाखो हुन अति जरुरी छ ।” जुन ठाउँको फोहोर हो त्यही ठाउँमा बिसर्जन गर्ने उपाय निकाल्न सकेमा समस्या सामाधन हुने उहाँले बताउनुभयो ।

पसलहरुमा सामान किन्न जाँदा सामान किन्ने व्यक्तिले आफैले सामान राख्ने झोला वा अन्य कुनै भाँडो लिएर बजार जानु उचित हुने उहाँको भनाइ छ । चाडपर्व, जात्रा, आमहड्तालजस्ता कार्यक्रमका बेला फोहोर व्यवस्थापनको काम नरोकिने नीति नगरपालिकाले लिएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले फोहोर वस्तुलाई कुहिने र नकुहिने गरी छुट्याएर काम थालेकाले भक्तपुरमा फोहोरको समास्य नरहेको र दीर्घकालीन योजाना पनि सामाबेश भएकाले पुनः फोहोरको समस्या नहुनेमा उहाँ आफू ढुक्क रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फोहोरलाई पुनः प्रयोग गर्न जान्नुपर्छ, त्यसैलाई प्रयोग गर्न सक्नु पर्दछ, त्यसरी गरेमा डम्पिङ्ग साइटमा पुग्ने फोहोर त्यसै कम हुन्छ ।” यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।