नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

गोरखापत्र ताजा, राजनीति, खुला, राष्‍ट्रिय

 

काठमाडौं, भदौ २६ गते। नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टिकै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।