चन्द्रागिरि नगरपालिकामा घर नक्सा पास प्रणाली अब पुर्ण रूपमा डिजिटल

चन्द्रागिरि नगरपालिकाको सभा हलमा नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा विद्युतिय घर नक्सा पास प्रणाली (e-BPS) को शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर उप प्रमुख बसन्ती श्रेष्ठज्यु, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गीज्यु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यु, पुर्वाधार समितिका संयोजक राजेन्द्र महर्जनज्यु, विभिन्न वडाका अध्यक्षज्युहरु, कार्यपालिका सदस्यज्युहरु, नगर सदस्यज्युहरु, विभिन्न शाखा प्रमुखज्युहरु, वडा सचिबज्युहरु तथा प्राविधिकज्युहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम मा e-BPS बिज्ञ एवं प्रशिक्षक ई. सुरज ओझाज्यु, UNDP का प्रतिनिधि बर्षा चित्रकारज्युका साथै इनोभेटिभ सोलुसन प्रा. लि. का प्रतिनिधि सुरेश थापाज्युको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भ नगर प्रमुखज्युले केही घर धनी महानुभावहरुलाई डिजिटल प्रणालीबाट प्राप्त प्रमाण पत्र प्रदान गरेर शुरु गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुखज्युले नगरबासीहरुले अब घर नक्सा पास गर्दा झन्झट रहित र पारदर्शी सेवा प्राप्त गर्ने कुरा जानकारी गराउनु भयो। नगरपालिकालाई पूर्ण डिजिटल नगरपालिका बनाउन आफू प्रतिबद्ध रहेको र अब जि पि एस/ जि आइ एस सहितको नगरको डिजिटल प्रोफाइल लागू गराउन विशेष पहल गर्ने कुराको पनि जानकारी गराउनु भयो।