काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न महानगरले आग्रह हो ।
कार्यालय परिसरलाई नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले त्यस स्थान मात्र नभई सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको सूचनामा उल्लेख छ ।
कार्यालय परिसरमा सफा नगरे कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नाम समेत सार्वजनिक गरिने महानगरले जनाएको छ ।
Leave a Reply
You must be logged in to post a comment.