कीर्तिपुर–चन्द्रागिरि साहसिक साइकल ट्रेल उद्घाटन

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कीर्तिपुरदेखि चन्द्रागिरिसम्म ‘कीर्तिपुर–चन्द्रागिरि’ साहसिक साइकल ट्रेल निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा साइकल ट्रेल बनाइएको हो ।

कीर्तिपुर–४ र चन्द्रागिरि–६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त टे«ल बोसनडाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरि केवलकारको वेस स्टेशनसम्म पुगेर टुङ्गिन्छ । करिब १५ किलोमिटर लम्बाइको उक्त साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजनकुमार केसीले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले नेपालमा पर्यटनका लागि अथाह सम्भावना र सम्पदा रहेको उल्लेख गर्दै देशको आर्थिक विकासका लागि पर्यटनलाई प्रााथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले पर्यटकीय पूर्वाधार विकास तथा धार्मिक सांस्कृतिक पर्यटन प्रर्वद्धनमा जोड दिएको उल्लेख गर्दै यो परियोजनामार्फत निर्माण भएको संरचनाको संरक्षण र दिगो सञ्चालनमा नगरपालिकाले सधँै ध्यान दिने बताउनुभयो । कीर्तिपुर नगरप्रमुख रमेश मर्हजनले अहिले भइरहेका गतिविधिले पर्यटनलाई चलायमान बनाउन सहयोग पुगेको उल्लेख गर्दै परियोजनाबाट बनेका संरचनाको अपनत्व ग्रहण गर्दै यसको दिगो सञ्चालनका लागि नगरपालिका प्रतिबद्ध रहको बताउनुभयो ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न र पर्यटन पुनरुत्थानका लागि बोर्डले निरन्तर पहल गरिहको जानकारी दिँदै यो परियोजनाबाट बनेका संरचनाको दिगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह सक्रिय रहनुपर्ने बताउनुभयो । यस्तै युएनडीपीका नेपालस्थित आवासीय उपप्रतिनिधि बर्नाडो कोकोले परियोजनाले थोरेै भए पनि अल्पकालीन रोजगारी सिर्जनामा सहयोग गरेको उल्लेख गर्दै नेपालको दिगो पर्यटन विकासमा युएनडीपीको सधैँ सहयोग रहने बताउनुभयो ।

युएनडीपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले पर्यटन बोर्डसँगको सहकार्यबाट सञ्चालित परियोजनाको काम सन्तोषजनक रहेको भन्दै कोभिड सङ्क्रमणले पर्यटन मजदुर बेरोजगार बनेको समयामा यस परियोजनाले पर्यटन मजदुरका लागि थोरै भए पनि राहतको काम गरेको बताउनुभयो ।

यस्तै टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम सुवेदीले यो परियोजना कार्यान्वयनका लागि टानले सक्रिय सहभागिता जनाएको बताउँदै यस्ता गन्त्यवको विकासले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने धारणा राख्नुभयो । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् ९नाटा०का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले परियोजनाको नाटाले व्यावहारिक कार्यान्वयनमा जोड दिएर काम गरिरहको बताउनुभयो ।

पर्यटन बोर्डका निर्देशक तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा गरिने नदी, टे«किङ टे«ल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिएको र यसबाट पर्यटकीय सम्पदाको नवनिर्माण र पुनःनिर्माणमा सहयोग पुगेको जानकारी दिनुभयो ।

परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार डलर सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब छ हजार मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याइने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ । यसैबीच उक्त टे«लको उद्घाटनपूर्व नेपाल पर्यटन बोर्डबाट करिब ५० जना साइक्लिस्ट सहभागी ¥याली बोर्डबाट कार्यक्रमस्थलसम्म पुगेको थियो । उक्त ¥यालीको बोर्डका सदस्यद्वय कृष्ण साह र ङामा निमा शेर्पाले उद्घाटन गर्नुभएको थियो ।