
काठमाडौँ — सरकारले एक सातामै फेरि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । सरकारले यसअघि जेठ ४ गते भाडा बढाएको थियो । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनमा २.१ प्रतिशतले भाडा बढाइएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३ प्रतिशतले बढाइएको छ ।
कुन रुटको भाडा कति ?