प्रतितोला चार सयले बढ्यो सुनको मूल्य

gold

काठमाडौं, साउन २ गते । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपियाँले बढेर ९४ हजार पुगेको छ ।



jibss

पहेंलो धातु आइतबार प्रतितोला ९३ हजार छ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९३ हजार एक सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपियाँले बढेर एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ ।