
काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री जर्नादन शर्माले उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने बताउनुभएको छ ।
आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुँदै हिमाली जिल्लालाई स्याउ उत्पादनको केन्द्रको रुपमा विकास गरिने बताउनुभएको हो ।
कपास खेती उत्पादन गर्न बजेटको व्यवस्थापन गरिएको छ, एक सय पाँच औद्योगिक ग्राम निर्माण गरिने, सुदूरपश्चिमको अत्तरियामा र कर्णलीको सुर्खेतमा जटिबुटी प्रशोधन केन्द्र स्थापन गर्ने गरिने छ ।
उन्नत जातको कपास खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहबाट मेसिन उपलब्ध गराइने प्रबन्ध मिलाइएको छ, उन्नत जातको कपास खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहबाट मेसिन उपलब्ध गराइने प्रबन्ध मिलाइएको छ ।
निजी क्षेत्रको साझेदारीमा ज्ञानमा आधारित व्यवसाय उत्पादन गर्न सातै प्रदेशमा विजनेश इनोभेटर सेन्टरका लागि २६ करोड बजेट विनियोजन गरिने छ ।
अति विपन्न र अति सीमान्तकृत वर्गका लागि निजी क्षेत्रको सहभागितामा रोजगारी सिर्जना गरिने छ, उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने छ ।