साहस ऊर्जाको आईपीओ बाँडफाँड

काठमाडौं । असोज १७, साहस ऊर्जा लिमिटेडले आज (आइतबार) सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बाँडफाँड गरेको छ ।

असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर आज बिहान ९ बजे बाँडफाँट गरिएको हो ।

कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन्।

कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।