काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले आजदेखि देखि आईपीओ बिक्री खुला गरेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ।
यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने भदौ २ गतेसम्म खुला हुनेछ ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Leave a Reply
You must be logged in to post a comment.