Home समाज चन्द्रागिरिमा हिउँ पर्यो

चन्द्रागिरिमा हिउँ पर्यो

0
चन्द्रागिरिमा हिउँ पर्यो

आज मुलुकभरको मौसम बदली भएको छ । देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । काठमाडौको चन्द्रागिरी लगायतका स्थानमा हिमपात भएको छ । हिमाली जिल्लामा बाक्लो  हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा अहिले पानी परिरहेको छ । बुधबार (आज)  काठमाडौं सहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ भने पश्चिममा पनि मौसम खुल्ने संभावना नरहेको मौसमविज्ञान विभागले जनाएको छ ।

तस्बिर:चन्द्रागिरि हिल्स