समाज रुपान्तरणमा जेसीज अभियान महत्वपुर्ण सावित हुदैछ : वडा अध्यक्ष सुर्खेती

काठमाण्डौं। ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान अन्तर्गत पाँचौ दिन चन्द्रागिरि जगरपालिका २ नागढुङ्गा चेक प्वाईन्टमा कार्यक्रम गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ पाँचौ दिन राजधानी प्रवेश नाकाको रुपमा रहेको नागढुङ्गामा कार्यक्रम गरिएको हो ।

प्रहरी बृत थानकोट र थानकोट जेसीजले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबार माघ ८ देखि सो अभियान सुरु गरिरहेको र प्रभावकारी तवरले अभियान वढि रहेको महानगरी प्रहरी बृत्तको प्रमुख प्रहरी नायव उपरीक्षक दिल्ली नारायण पाण्डेले बताए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष गोपी सुर्खेतले समाज रुपान्तरणमा जेसीज अभियान महत्वपुर्ण सावित हुदै गईरहेको बताए । वडा अध्यक्ष सुर्खेतीले कोरोना महामारी रोकथाम र न्यूनिकरणमा थानकोट जेसीज र थानकोट बृत्तको अग्रसरताले सम्रग चन्द्रागिरिमा उलेख्यि भूमिका खेलेको दावी गरे ।

वडा अध्यक्ष सुर्खेतीले भने, ‘‘पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी हुने विश्वास मैले लिएको छु । ’’


उनले कोरोना महामारीमा स्थानिय सरकारको भुमिका सकृय हुनु पर्ने र आम नागरिकको स्वास्थ्यमा गम्भ्रिर भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा थानकोट जेसीजका अध्यक्ष रोसन दानीले सकारात्म भावनाले गरे सवै कुरा सम्भव रहेको भन्दै छिटै नयाँ कार्ययोजनका साथ सरकार र जेसीज विच समन्वयनकारी भुमिकाबाट राष्ट्र निमार्णमा हातेमालो गर्दे अगाडी वढ्न सरकार संग आग्रह समेत गरे ।

कार्यक्रमा महानगरीय ट्राफिक प्रहरी प्रभागका नागढुङ्गाका प्रहरी निरीक्षक ठाकुर प्रसाद साप्कोटा, थानकोट जेसीजका संस्थापक अध्यक्ष नन्ददास अमात्य, पुर्व अध्यक्षहरु सलिम श्रेष्ठ,पेशल कुमार खतिवडा, लगायत वोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने र वाहिरीने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई नागढुङ्गा चोकमा करिव १२ सय मास्क वितरण गरिएको थियो । अभियान अव गुर्जुधारा, दहचोक, लगायतका क्षेत्रमा माघ ११ गते सम्म सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ ।
सामाजिक तस्विरहरु हेर्नुहोस