रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा डंगोलको मृत्यु

accident

२४ भदौं ०७९, काठमाडौं । काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।



jibss

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंकै वसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोल र पछाडि सवार ललितपुरको बाडेगाउँका २२ वर्षीय अभिषेक मर्हजन गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा चालक डंगोलको मृत्यु भएको जनाइएको छ ।

गए राति करिब १ बजे डंगोलले चलाएको प्रदेश ३ ०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको वाग्मती प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो । दुवै सवारीसाधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।