
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ । नेपाली काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र ७ का क्षेत्रीय सभापति समेत रहनु भएका रिजालको उपचारको क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।
केही दिन देखि उपचार गराइ रहनु भएका उहाँको निधन पछि नेपाली काँग्रेसका महामन्त्री गगन थापा, काठमाडौँ क्षेत्र नम्बर ७ का सङ्घीय सांसद प्रदीप पौडेल लगायतका काँग्रेसका नेताहरू अस्पतालमा पुगी सक्नु भएको छ ।