पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरूद्ध

गएरातीदेखिको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

प्रहरी अनुसार मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन्।