सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, एकजना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६, नाम्दीखोलानजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।



jibss

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एकजना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ ।

पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ । रासस