नेपाल संवत् ११४२ काे उपलक्षमा सतुङ्गल स्थित बुद्ध मन्दिर अगाडि दिप प्रज्वलन

कात्तिक काठमाडौं । नेपाल संवत् ११४२ काे उपलक्षमा सतुङ्गल स्थित बुद्ध मन्दिर अगाडि दिप प्रज्वलन गरिएको छ ।हृयाप्पी सतुंगल साेसाइटी चन्द्रागिरि ११ काे आयाेजनामा सतुङ्गल स्थित बुद्ध मन्दिर लाछी अगाडि दिप प्रज्वलन गरिएको हाे ।

नेपालकाे चुच्चे नक्सा सहितकाे आकृति बनाई समाजका जेष्ठ नागरिकहरू जाेगमाया श्रेष्ठकाे प्रमुख आतिथ्यतामा न्हुच्छे बहादुर महर्जन,जगतलाल श्रेष्ठ र दिलमाया महर्जनकाे विशेष आतिथ्यतामा संयुक्त रूपमा दिप बालेर उद्घाटन गरेकाे संस्थाका संरक्षक राजेन्द्र महर्जनले बताए ।

कार्यक्रममा हृयाप्पी सतुंगल साेसाइटी चन्द्रागिरि ११ काे अध्यक्ष प्रितम महर्जनका अनुसार हृयाप्पी सतुंगल साेसाइटीकाे प्रतिनिधिहरू,स्थानीय महिला, समाज सेवीकाे उपस्थितिमा सद्भाव र भाईचार स्थापना गर्न र राष्ट्रिय संवतलाई ससमानमा कार्यक्रम आयाेजना गरिएकाे बताए ।