पथिक प्राज्ञ निगम तथा पथिक फाउण्डेशनमा रमा आले मगरको प्रमुख आतिथ्यतामा महाशिवरात्री मनाइयो

महा शिवरात्रि महोत्सवमा शुभ संकल्प

ऋषि-महार्षिहरुको तपोभूमी वैदिक सनातनधर्म संस्कृतीको उदगम स्थल काठमांडू उपत्यकाको दक्षिण भेग चन्द्रागिरी पर्वतको काखमा अवस्थित मछेन्द्रनाथ, गोरखनाथ जस्ता ऋषिहरुले तपस्या गरेको पुण्य स्थल मातातीर्थमा पवित्र उद्देश्य राखी सम्बुद्ध रहस्यदर्शी आचार्यश्री पथिक को अभिभावकत्वमा २०६४ सालमा स्थापित पथिक प्राज्ञ निगम ९ ओशो आश्रम० मा आवद्ध भई यस अन्तर्गत चालित पथिक फाउण्डेशनले योग, ध्यान समाधी र प्रज्ञाको माध्यमबाट व्यक्तिको जीवनमा मानवीय चेतना जागृत हुने धार्मिक, अध्यात्मिक, शिक्षा, योग तथा प्राकृतिक चिकित्साद्वारा मानव स्वास्थ्यमा योगदान पुयाउदै आएको सर्बबीदीतै छ ।

योग नै एक यस्तो विद्या हो जसले प्रत्येकको स्वानुभूति र स्वतन्त्रताको कदर गर्दछ । योगभित्र न गुट छ, न फूट न बन्ध, प्रतिबन्ध। ुयोगु उच्चारण गर्नेहरू गुटफुटमा लागेका छन् भने त्यो वास्तविक योग होइन। ध्यान पनि अनुपम छ। ध्यानको र योगको विशेषता एउटै हो। त्यो हो कसरी मनुष्य स्वतन्त्र हुने र सुखपूर्वक बाँच्ने ।योग संकल्प, सफलता र स्वतन्त्रतासित जोडिएको छ, चेतना जागृति र अखण्ड मानवतासित जोडिएको छ । मान्छेभन्दा माथि उठ्न चाहने, आन्तरिक रूपले नै सुख, शान्ति र सफलता चाहने प्रत्येकलाई योग अत्यन्त उपयोगी छ।मनुष्य चेतनाको उच्चतम र अखण्ड जागरण नै योगको लक्ष्य हो।

योगी अनि साधकहरुका लागि शिव आदिगुरु हुन् जसले योग शिक्षा सप्तऋषिहरुलाई औपचारिक अनि दस्तावेजका रुपमा हस्तान्तरण गरेका थिए, तिनै योग अनि अभ्यासहरू आज संसारभरि शरीरिक तथा मानसिक स्वास्थकालागि धेरैले अनुसरण गर्ने गरेका छन।आजको दिन यी प्रात कालका नायक अनि आदिकालदेखिका आदिगुरु शिवलाई स्मरण गर्ने दिन हो।हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिमा वैज्ञानिक रूपमै पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने र प्रकृतिलेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने तथा आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन गर्नको लागि रातभर जागरण बस्ने सांस्कृतिक चलनको वैज्ञानिक तथा आध्यात्मिक महत्व भएकोले यसदिनलाई पथिक फाउण्डेशन ले महाशिवरात्रि महोत्सवको रुपमा मनाउने तथा साधनका लागि कार्यक्रम तय गर्दछ ।

पथिक फाउण्डेशन ले योग,अध्यात्म तथा धार्मिक परम्परामा देखापरेका अन्धबिश्वास,बिकार र बिकृतिहरूलाई हटाउदै त्यसका बैज्ञानिक र सबल पक्षलाई अंगीकार गर्दै आफ्ना कार्यक्रम अगाडि बढाई रहेको छ ।।यस सन्दर्भमा काठमाण्डौ जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं। ८ मा ध्यान केन्द्र, साधक आवासगृह, गौशाला, अतिथी भोजनालय निर्माण सम्पन्न गरि विगत २० वर्ष देखि निरन्तर रुपमा धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक चेतना अभिवृद्धीका लागि सामुहिक जीवन शैलीको अभ्यास गर्दै कृषि, पशुपालन, शिक्षा ,स्वास्थ्य, योग, ध्यान, ज्ञान, साधना तथा सत्संग द्वारा मानविय चेतना जागृत गराउन स्थापनाकाल देखि विबिध कार्यक्रमहरु सन्चालन गर्ने यस संस्थाले प्रसिद्ध धार्मिक क्षेत्र मातातीर्थको शिर उच्चा गर्न सकोस।यसका लागी यस पथिक प्राज्ञ निगमद्वारा निर्मित क्षेत्रलाई एउटा बलियो संस्थाको रुपमा अविछिन्न रुपमा वर्षौं वर्ष सम्म सञ्चालन गर्नका तथा यस संस्थाले भोगचलन गरेको वा यस संस्थाले चर्चेको सम्पूर्ण जग्गा तथा येसमा निर्माण भएका सम्पुर्ण भौतिक संरचनाहरुलाई समेटी यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा पहिचानहोस भनि आज मिति २०७९ फागुन ६ गते शिवरात्री महोत्सबको यस पुण्य घडीमा उपस्थीत हामी सबै अतिथिगण,जिज्ञाशु,भक्तजन तथा साधकहरुको समुपस्थितिमा शुभ संकल्प गरेको छ।