काठमाडौँ, श्रावण ३२ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौं जिल्लाका दश वटै निर्वाचन क्षेत्रमामा मास्क प्रयोग अभियान संचालन गरेको छ। उक्त अभियान अन्तरगत उनीहरुले कोरोना विरुद्धको खोप लगाउन सबैलाई प्रोत्साहनसहित जनचेतना जगाएको हो। “माक्स लगाऊ, कोरोना संक्रमण हुन बाट बचौँ ”भन्ने मूल नाराको साथमा आइतबार काठमाडौंको बालाजु माछापोखरी, गंगबु बसपार्क, महाराजगंज चोक , चाबहिल चोक , जोरपाटी चोक, कोटेश्वर चोक ,बानेश्वर चोक, कालिमाटी चोक र कीर्तिपुरपाँगा चोकमा मास्क वितरण गरेको हो ।
कोभिड १९ को संक्रमण समुदायमा फैलन नदिन विभिन्न सुरक्षात्मक उपायहरु मध्ये मास्क लगाउनु पनि एक हो। घरबाट बाहिर निस्कनेका लागि सरकारले नै मास्क अनिर्वाय गरेको छ। सरकारको यही निर्णयमा सहयोग पुर्याउन र नेपाल सरकारले मास्क सप्ताह मनाउने घोषणा गरे अनुरुप मास्क प्रयोग अभियान संचालन गरेको नेपाल तरुणदलका अध्यक्ष कृष्णजी खड्काले जानकारी गराए।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गर्नेहरुलाई कोरोना सचेतना प्रदान गर्नुको साथै मास्क र स्यानीटाईज गरिएको थियो भने मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भिडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुने लगायतका जनचेतनामूलक जानकारीहरू पनि प्रदान गरिएको अध्यक्ष खड्काले जानकारी गराए ।
Leave a Reply
You must be logged in to post a comment.