
चन्द्रागिरि।
काठमाण्डौ उपत्यकामा रहेका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले रास्ट्रपति विद्यादेवी भण्डारी संग भेटघाट गरेका छन।
शितल निवासमा भएको सो भेटमा स्थानीय सरकार सञ्चालनका सम्बन्धमा जनप्रतिनिधिहरूको अनुभव र समसामयिक विषयहरुमा छलफल भएको थियो।
माघ २३ गते भएको सो भेटघाटमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले स्थानीय तहमा देखिएका समस्या ,सकारात्मक अभ्यास र विभिन्न कानुनी र प्राविधिक अड्चनहरुका वारेमा रास्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।
सो अवसरमा घरेलु उद्यमको प्रवर्धन अभियान संचालन गरिरहेकी बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले रास्ट्रपति भण्डारीलाई घरबुना फरिया उपहार समेत दिएकी थिइन्।