मेलम्चीकाे खानेपानी पाइएन, यी नम्बरमा सम्पर्क गर्नुस्

काठमाडौँ, माघ ३ गते । सरकारले सोमबारदेखि पुनः काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको वितरण गरेको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समान रूपमा निरन्तर उपभोक्ताको धारामा पानी वितरण गर्न निर्देशन दिनुभएको छ ।

सरकारले दिएको निर्देशन कार्यान्वयन गराउन खानेपानी मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ । सोही अनुसार मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी नम्बरसमेत सार्वजनिक गरेको छ ।

मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा यी नम्बरमा सिधा सम्पर्क राखी कार्यान्वयन गराउन लगाउनु पर्ने सूचनामा उल्लेख छ ।

यी हुन सम्पर्क नम्बर:

संयोजकः पदम बहादुर कुँवर

सी.डी.ई. मेलम्ची खानेपानी विकास समिति ९८५१३२४११०

सदस्य: उमेशबाबु मरहट्ठा, उप प्रबन्धक, के. यु. के. एल. ९८४१३५१५८५

सदस्य: विकेश बधानथ्याचे, सी.डी.ई. आयोजना कार्यान्वयन निर्देशनालय ९८०३०६२३६२

सदस्य: दीपेश ढकाल के.यु.के.एल. ९८६०७४४६९६