चित्लाङ-चन्द्रागिरी सडकको अनुगमन

चन्द्रागिरि, २०८२ साउन १५। माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित उच्चस्तरीय टोलीले आज चित्लाङ-चन्द्रागिरि सडकको अनुगमन गरेको छ। टोलीमा सम्माननीय प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, संविधान सभा सदस्य, स्थानीय जनप्रतिनिधिहरू, मकवानपुर उत्तरी भेगका अगुवा तथा नेतृत्वकर्ताहरू र सडक विभागका प्राविधिकहरू समेतको उपस्थिति रहेको थियो।

हाल नेपाल सरकारको ४० करोड रुपैयाँ बजेट मार्फत यस सडकको स्तरोन्नति कार्य भइरहेको छ। अनुगमनका क्रममा सडकको भौतिक अवस्था, निर्माण कार्यको प्रगति र गुणस्तरबारे जानकारी लिइएको छ। यस सडकको स्तरोन्नतिले स्थानीय बासिन्दाका साथै यस क्षेत्र भएर यात्रा गर्ने यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

तस्बिर:- महेश बर्ताैला