संघीय सांसद् राजेन्द्र कुमार के.सी मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि सांसद् के.सी. शुक्रबारबाट निवासमै आइसोलेसनमा रहनुभएको नेपाली काँग्रेस काठमाण्डाै क्षेत्र नं. १० ख का सभापति धर्मनन्द श्रेष्ठले चन्द्रागिरि न्युजलाई जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य के.सी.को स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
Leave a Reply
You must be logged in to post a comment.