
नागढुंगा–मुग्लिङ सडक बुधबार राती १०-३ बजेसम्म बन्द हुने भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलको काम हुने भएकाले सवारी आवागमनमा रोक लगाइएको हो ।
सडक साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म पूर्णरूपमा बन्द रहने नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
। तर, एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न सक्ने छन् ।