
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत आइतवार मतदान भएको छ । निर्वाचन आयोगले छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जनाएको छ । काठमाडौं क्षेत्र नं. १० ‘ख’ नागढुङ्गामा सडकमै मतदान भएकाे छ ।
सरकारले चुनावका दिन मापदण्ड बनाएर निश्चित गाडीलाई मात्र अनुमति दिएपछि काठमाण्डाैका सडक खाली छन् । सडक खाली भएपछि नागढुङ्गामा सडकमै मतदान भएकाे हाे ।
निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकेको थियो । त्यसै अनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको छ भने मतदानको समय सकिएको भए पनि मतदानका लागि लाइनमा लागेका र मतदान स्थलमा पुगेका व्यक्तिले रातिसम्म पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
तस्बिर:- उज्यालो नेपाल