
पहिरोका कारण अवरुद्ध भएको नागढुंगा-नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पात्लेवनमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । बिहान रात्रि बस काठमाडौं भित्रने भएकाले पनि यो सडक खण्डमा गाडीको लामो लाइन छ । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।
अहिले यो नाकामा एकतर्फी गाडी पास गराइएको ट्राफिक प्रहरीले जनाएको छ।