नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी सञ्चालन

काठमाण्डाै – काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी सञ्चालन आएको  छ ।

बिहान पात्लेवनमा  सडकमाथिबाट पहिरो खस्दा  एक लेनमा मात्रै गाडी चलाइएको थियाे । सडकबाट पहिरो हटाएपछि अहिले सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।

यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ ।