नागढुङ्गाबाट नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौंको नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेको प्रहरीले जनाएको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नागढुङ्गा प्रहरी प्रभागमा आजै मात्र प्रहरी निरीक्षककाे जिम्मेवारी रामप्रसाद सापकोटाले प्राप्त गरेका थिए ।