नैकाप चोकमा आकाशे पुल बनाउन सर्वेक्षण शुरु

चन्द्रागिरि नगरपालिकाले नैकाप चोकको माथि आकाशे ट्रस पुल निर्माण गर्ने भएको छ ।

नगर प्रमुख घनश्याम गिरी, च.न.पा – १४ का अध्यक्ष राजभाई महर्जन, च.न.पा -१५ का अध्यक्ष घनश्याम लुइँटेल, वडा सदस्यहरु तथा नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा नैकाप चोकको राजमार्ग माथि आकाशे ट्रस पुल बनाउन सर्वेक्षण शुरु गरिएको छ।

सडक सुरक्षा, यातायात ब्यबस्थापन तथा पदयात्रीको सहज आवतजावतमा उक्त आकाशे पुलको निर्माणले धेरै नै सहजीकरण गर्ने कुरा नगर प्रमुखले बताउनु भयो।

बजेट बिनियोजन भैसकेको र सर्वेक्षण सम्पन्न भए लगत्तै डिजाइन बनेर सडक बोर्ड संग समन्वय हुदै टेण्डर प्रक्रिया मार्फत निर्माण कार्य शुरु हुने कुरा पनि नगर प्रमुखले बताउनु भयो।