पेट्रोलको मूल्य २ रुपैयाँले बढ्दा सवारी भाडा २ प्रतिशतले बढ्याे

२८ असार ०७९, काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश मालवाहक तथा यात्रुवाहक सवारी साधनको नयाँ भाडादर कायम गरेको छ । गत २० असार मध्यारातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । त्यसको एक सातापछि यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा १.७ र मालवाहक सवारी साधनको २.६ प्रतिशत भाडादर बढाएको हो ।

यात्रायात व्यवस्था विभागले वैज्ञानिक भाडादरको प्रवधानअनुसार भाडा बढाएको जनाएको छ । पेट्रोलको मूल्य २ रुपैयाँ मात्रै बढाइए पनि डिजेलको मूल्य ९ रुपैयाँ प्रतिलिटर बढाइएको कारण औषत २ प्रतिशत भाडा बढाउनु परेको विभागले जनाएको छ ।