नेपाल मजदुर किसान पार्टीबाट काठमाण्डाै ९ प्रतिनिधिसभामा सुमन महर्जन, प्रदेश ‘क’ मा राजु कपाली र ‘ख’ मा राजेन्द्र श्रेष्ठ

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले काठमाडौं क्षेत्र नं. ९ मा उम्मेदवारी दर्ता गरेको छ ।

प्रतिनिधि सभा सदस्यमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सुमन महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

साथै नेपाल मजदुर किसान पार्टीको तर्फबाटै क्षेत्र नं. ९ को प्रदेश तर्फ उम्मेदवार ‘क’ बाट राजु कपाली तथा ‘ख’ बाट राजेन्द्र श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।