चन्द्रागिरी क्षेत्रमा नेपाली सेनाको अभ्यास, शान्ति सुरक्षाका लागि आग्रह

काठमाडौँ — नेपाली सेनाको युद्धकवच गण, बाहिटी सितापाइलाले साउन २८ र २९ गते चन्द्रागिरी क्षेत्रका विभिन्न स्थानमा सैन्य अभ्यास गर्ने भएको छ।

रक्षा मन्त्रालयको मातहत रहने उक्त गणका अनुसार साउन २८ गते बेलुका ६ बजे देखि राति १०:३० बजेसम्म र साउन २९ गते बिहान ६ बजे देखि बेलुका ५ बजेसम्म अभ्यास सञ्चालन हुनेछ। अभ्यास स्थल टोटीटोल, स्वीजरल्याण्ड पार्क, धानकोट, नैकाप र सुरुङ्ग मार्ग आसपासका इलाकामा रहनेछ।

अभ्यासका क्रममा स्थानीय निकाय र प्रहरीको सहकार्यमा शान्ति सुरक्षा व्यवस्था कायम गर्न चन्द्रागिरी नगरपालिकाको कार्यालय, वडा नं १, २, १३ का वडा कार्यालय र प्रहरी प्रभाग थानकोटलाई अनुरोध गरिएको छ।

नेपाली सेनाले अभ्यासका क्रममा सुरक्षात्मक सतर्कता अपनाउन सबै पक्षलाई आग्रह गर्दै स्थानीयवासीलाई सहयोगका लागि धन्यवाद जनाएको छ।