
नेपाल शिक्षक संघ, स्थानीय कार्य समिति चन्द्रागिरिको अध्यक्ष श्री नन्दलाल श्रेष्ठको सभापतित्वमा नेपाली कांग्रेस क्षेत्र नं १० का सभापति तथा प्रदेश साँसद श्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा नेपाल शिक्षक संघ चन्द्रागिरिको बार्षिक भित्तेपात्रो २०८१(क्यालेण्डर) बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० का सभापति तथा प्रदेश साँसद माननीय पुकार महर्जन, बिशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाको नगर प्रमुख श्री घनश्याम गिरी, चन्द्रागिरि नगरपालिका वडा नं. ११ का वडाध्यक्ष श्री नरेन्द्र राज श्रेष्ठ, नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० ख का सभापति धर्मानन्द श्रेष्ठ लगायत अन्य अतिथिहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो।