नेपाल टेलिकमको सेवामा केही घण्टा अवरोध आउने: गुणस्तर अभिवृद्धि कार्यका लागि जरुरी सूचना

काठमाडौं – नेपाल टेलिकमले आफ्नो मोबाइल सेवा प्रणालीको गुणस्तर अभिवृद्धि (System Upgrade) कार्यका लागि २०८२ साउन ८ गते र २०८२ साउन ९ गते राति ११:५५ बजेदेखि करिब ४ घण्टासम्म सेवा अवरुद्ध हुने जानकारी गराएको छ। यो समयावधिमा Voice, SMS र Data सेवामा केही समस्या आउन सक्ने भन्दै कम्पनीले जरुरी सूचना जारी गरेको हो।

नेपाल टेलिकमले यो गुणस्तर अभिवृद्धिको कार्यले ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। राष्ट्रको सञ्चारको रूपमा रहेको नेपाल टेलिकमले सेवाको गुणस्तर सुधारका लागि यो कार्य गर्न लागेको हो। ग्राहकहरूलाई उक्त समयमा हुन सक्ने असुविधाप्रति धैर्य धारण गरिदिनुहुन कम्पनीले अनुरोध गरेको छ।