ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन खुल्यो

397
photo: file

काठमाडौं– यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो।

विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्ने हुन्छ।

यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ। विभागले अहिले ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ। सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ।