सामान्य बढ्यो सुनको मूल्यः चाँदीको घट्यो

काठमाडौं, असार १५ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. १०० ले बढेको हो ।



jibss

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार २०० थियो ।  त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।