
काठमाठौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) धादिङमा निर्माणाधीन नागढुङगा– नौबिसे सुरुङमार्गको अवलोकन गरेका छन् । आइतबार ओली निर्माणाधीन सुरुङ मार्गको अवलोकन गर्न त्यहाँ पुगेका हुन् ।
सुरुङमार्गको तत्कालीन प्रधानमन्त्री रहेका बेला ओलीले शिलान्यास गरेका थिए । २.३८ किलोमिटर लम्बाइ रहने उक्त सुरुङ मार्ग दुई लेनको चौडाइ ९.५ मिटर रहने सडक विभागले जनाएको छ । चुनावी दौडाहामा रहेका ओली सुरूङमार्ग अवलोकनमा पुग्दा धादिङ एमालेका उम्मेदवारहरु पनि स्वागतका लागि आएका थिए । ओलीले यसअघि नै देश सुरूङ युगमा प्रवेश गरेको बताएका थिए । एमालेले मंसिर ४ को चुनावी घोषणा पत्रमा पनि उक्त कुरा लेखेको छ । तस्वीरहरु : ओलीको सचिवालय