नागर्जुनकाे रामकाेटमा मिनिट्रक पल्टिँदा एकजनाकाे घटना स्थलमै मृत्यु

२१ साउन काठमाडौं । नागार्जुन नगरपालिका वडा नम्बर ७ मा मिनीट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।बिहीबार चन्द्रागिरिको दहचोक र नागार्जुनको रामकोटको सिमानास्थित एक प्लटिङमा बा ५ ख १८६० नम्बरको मिनीट्रक दुर्घटना भएको हो। दुर्घटनाबाट एक जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए।



उनका अनुसार ढुंगा(गिटी बोकेको मिनीट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको हो। ट्रकमा तीन जना सवार थिए दुई जना दुई जना फाल हालेर बाच्न सफल भएको नागर्जुन ७ का स्थानीय प्रत्यक्षदर्शीले बताए । खानेपानीका लागि ट्याङ्की बन्दै रहिछ गाडी ब्याक आउने क्रममा अचानक गाडी कन्ट्रोल भएन र करिव १०० मिटर गाडी वढेपछि गरल्याम पल्टिएको स्थानीय बासीको भनाइ छ ।

मिनीट्रकमा तीन जना जना सवार थिए। दुई जनाले हाम्फालेर ज्यान जोगाएका थिए। सवारी चालक नुवाकोटका सार्की तामाङलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थपलियाले बताए । गाडीले च्यापिएको शवलाई निकाल्ने काम गरिँदैछ।

नियन्त्रणमा लिएका तामाङ मुख्य सवारी चालक हो होईन भन्ने बिषयमा अनुसन्धान भईरहेको छ । गाडीका मुख्य चालक नुवाकोटका चालक लक्ष्मण तामाङ , भन्ने फरार भएका छन् । फरार चालकलाई प्रहरी खोजिरहेको छ । घटना स्थलमा महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक गणेश चन्द्र कोईराला नेतृत्वको टोली समेत पुगेको छ ।