तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

243
accident
काठमाडौं, भदौ ३१। तारकेश्वर नगरपालिका–७, फुटुङमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।

बा३५प ५२५० नम्बरको मोटरसाइकल हिजो साँझ करिब साढे ६ बजे बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका तारकेश्वर नगरपालिका–८, गैरीगाउँका ३० वर्षीय सुरेश लामाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।