बिदाको दिन पनि खुल्ला “अभिलेख बचत तथा ऋण सहकारी संस्था लि.”

काठमाण्डौ, चन्द्रागिरि न.पा. १२, गुर्जुधारा, बलम्वु अवस्थित “अभिलेख बचत तथा ऋण सहकारी संस्था लि.”को कार्यालय काउण्टर शनिवार तथा सार्वजनिक बिदाको दिन पनि खुल्ला रहने भएको छ।

संस्थाका सदस्यहरूको सेवा, सुविधा अनि आवश्यकतालाई मध्यनजर गरी यहि मिति २०७९ श्रावण ०१ गतेबाट लागु हुने गरी शनिवार तथा सार्वजनिक बिदाको दिन बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म कार्यालय काउण्टर सञ्चालन गर्ने प्रबन्ध मिलाइएको छ।”संस्थाका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने,”बिदाको दिन काउन्टरबाट बचत तथा विप्रेषण (Remittance) सम्बन्धी सुविधा प्रदान गरिने छ भने ऋण/कर्जा प्रवाह गरिने छैन।”

“संस्थाले सदस्यहरूलाई विगतमा प्रदान गरिँदै आएको सदस्य सेवा-सुविधालाई अझ प्रभावकारी ढङ्गले निरन्तरता दिइने छ।” उहाँले भनेका छन्।

अभिलेख बचत तथा ऋण सहकारी संस्था लि.ले यसअघि बिदाको दिनमा तथा कार्यालय समय अघिपछि कार्यालय बन्द रहने समयमा संस्थाले तोकिएको सम्पर्क व्यक्ति मार्फत आफ्ना सदस्यहरूलाई अत्यावश्यक सेवा प्रदान गरिदै आएकोछ।