पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ ।

पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ।

घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेकाे छ ।

पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानकाे खुट्टामा गाेली लागेकाे बताउनुभएकाे खबरमा उल्लेख छ ।