जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

रोसन दानी, १३ मंसिर काठमाण्डौं – उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्न बताएका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ वाडभन्ज्याङमा रहेको श्री चण्डिका देवी माध्यामिक विद्यालय द्धारा आयोजित विद्यालयका भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा (११,१२) सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् श्री चण्डिका देवी मावि धार्मिक तथा शैक्षिक महोत्सव २०७८ उद्घाटन कार्यक्रममा उनले आझै पनि कैयाँै बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताए ।
उपराष्ट्रपति पुनले भने, ‘ शिक्षामा आएका दरार समान हटाउदै, समान शिक्षाका लागि आन्दोलन जरुरी रहेको छ । शिक्षा क्षेत्रमा विवेद् हुनु हुनन् । पछिल्लो दिनमा सामुदायिक विद्यालयहरू को शैक्षिक गुणस्तर समेत वढेर गएको छ । विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडी बढे शैक्षिक क्षेत्रको रुपमान्तरण संम्भव छ ।’

सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन गर्नुपर्ने बताए । हुने खानेको लागि निजी र हुँदा खानेको लागि मात्र सामुदायिक विद्यालय भएको चर्चा गर्दै उहाँले शिक्षामा ठूलो खाडल रहेको उल्लेख गरे । विद्यालयको विकास र विस्तारका लागि आफ्नो पारिश्रमिकवापतको १५ दिनको रकम विद्यालयलाई प्रदान गर्ने घोषणा समेत गरे ।

महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले श्री चन्डिकादेबी मा .वि .,च.न.पा .–२, बार्डभन्ज्याङमा यहि मङ्सिर १३गते देखि २१ गते सम्म हुनगइ रहेको श्रीमद्भागवत ज्ञान् महायज्ञ गरिन लागेको बताए ।
सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रुपमा आयोजना गरिन लागेको जानकारी दिए । उनले ग्रामिण क्षेत्रको विद्यालयको हरेक गतिविधिमा सरिक भई पुण्र्य कमाउन आग्रह गरे । सवैको साथ र सहयोगले मात्र शैक्षिक क्षेत्रको विकास र रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने हुदा एक चोटी पवित्र कार्यका लागि सहयोग र सद्धभावका लागि सवैमा अनुरोध समेत गरेका हुन् ।

कार्यक्रममा संविधान सभाका पुर्व सांसद रुपा महर्जनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने बताईन। नेपालमा सामुदिायक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका सवैको साथ र सहयोग महत्वपुर्ण रहेको भन्दै सामुदायी विद्यालयहरु लाई प्रविधि मैत्री र गुणस्तरिय शैक्षिक बातावरण तयार गर्दे दक्ष जनशत्ती उत्पादन आजको आवश्यकता रहेको औलाए ।

चन्द्रागरि २ का वडा अध्यक्ष गोपी सुर्खेतीले भागवत गिताका माध्यमवाट आफु लागि परेको भन्दै उनले चन्द्रागिरिको श्री चण्डिका देवी माविमा सञ्चालन हुने भएको महायज्ञ महत्वपुर्ण सावित हुने बताएका हुन । सुखेतीले श्री चण्डिका देवी माध्यामिक विद्यालयको भवन निमार्ण र विद्यालयको चौतर्फी विकास गर्ने उदेश्यका साथ गर्न लागिएको पवित्र कार्यमा सवैको साथ र सहयोग आवश्यक रहेको औलाए ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रय सभापति तथा पुर्व मन्त्री रामचन्द्र अधिकारल सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुवात भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व भएको बताए । देशको आर्थिक समृद्धिसँगै दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक जनशक्ति आवश्यक रहेको भन्दै उनीहरुले चण्डिका देवी माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने उनको भनाई छ ।

यहि मङ्सिर १३ गते देखि २१ गते सम्म हुनगइ रहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा धार्मिक अभियन्ता पंश्री वाशुदेव घिमिरेको मुखाराविन्दबाट कथा बाचन हुने आयोजकले जानकारी दिएको छ ।