
काठमाडौं | काठमाडौं पेट्रोलको अभाव सुरु भएको छ । भारतीय प्रहरीले चालक कुटपिट गरेको विरोधमा नेपाली ट्यांकर व्यवसायी तथा चालकले इन्धन ढुवानी रोकेपछि राजधानीमा पेट्रोल अभाव देखिएको हो । राजधानीका अधिकांश पेट्रोलपम्प बन्द छन् भने खुलेका पम्पहरुमा उपभोक्ताको लामो लाइन छ ।
वीरगञ्जबाट इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले सुरक्षाको माग गर्दै आइतवारदेखि इन्धन ढुवानी रोकेका हुन् । आइताबर काठमाण्डुमै पनि तेलको ढुवानी रोकिएको थियो ।
नेपाल आयल निगमले अहिले १ लाख लिटर पेट्रोल र १ लाख ३० हजार लिटर डिजेल बजार पठाउन लागिएको बताएको छ ।
भारतीय पुलिसले कुटेको उक्त घट्नापछि वीरगञ्ज नाकाबाट इन्धन ढुवानी नै रोकिएको छ भने नेपाल आयल निगमको थानकोट र अमलेखगञ्ज डिपोमा इन्धन लोड–अनलोड पनि ठप्प छ ।